Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दीपेन्द्रसिंह र सागर पुनको उत्कृष्ट प्रदर्शन: नेपालले श्रीलंकालाई दियो ३२४ रनको चुनौती

काठमाडौँ, भदौ ८ । सागर पुन र दीपेन्द्रसिँह ऐरीको उत्कृष्ट प्रदर्शनले श्रीलंकामा जारी अभ्यास खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई ८ विकेटको क्षतिमा ३२४ रनको लक्ष दिएको छ । यसमा दीपेन्द्रसिँह ऐरीको शतक र सागर पुनको उत्कृष्ट ९२ रनको महत्वपूर्ण योगदान रहेको छ ।

ब्लुमफिल्ड क्रिकेट क्लब विरुद्धको खेलमा सुरुका चार विकेट छिटो पतन भएपछि सागर र दीपेन्द्रले नेपालको पारीलाई सम्हालेका थिए । यसमा दीपेन्द्रले ९६ बल खेलेर  १२१ रन र सागर पुनले ८३ बलमा ९२ रन बनाएका थिए ।

यसका अतिरिक्त पारस खड्काले २३ बलमा २३ रन, अनिलकुमार साहले १८ बलमा १७ रन, रोहित कुमारले ३९ बलमा ११ रन र सुबास खकुरेलले ३२ बलमा ९ रन बनाएका छन् ।

त्यस्तै  करण केसीले १२ बल खेलेर अविजित २६ रन बनाएका छन् ।

श्रीलंकाली क्लब ब्लुमफिल्डका तर्फबाट लाहिरुले २ विकेट लिए भने इमरान खान, रबीन र सचिनले १-१ विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: