Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विमस्टेक सम्मेलनको तयारी पूरा : परराष्ट्रमन्त्री

काठमाडौं, भदौ ८ । आगामी भदौं १४ र १५ गते काठमाडौं हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको सरकारले जनाएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्लेन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विमस्टेकको चौंथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने पनि उनले जानकारी दिए ।

शिखर सम्मेलनको भदौं १४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले सम्मेलनको उद्घाटन गर्ने छन् । सोही दिन बिहान विमस्टेक शिखर सम्मेलनमा आउनु भएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

सम्मेलनमा आएको अवसरमा श्रीलंका राष्ट्रपति मैथ्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्टले लुम्विनी भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । शिखर सम्मेलनमा विमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धतासहित काठमाडौं घोषणा पत्र जारी गरिनेछ ।

विमस्टेकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड, भुटान र बंगलादेशसहित सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: