Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कञ्चनपुरमा फेरि चर्कियो आन्दोलन, छातीमा गोली लागी एक किशोरको मृत्यु

भीमदत्तनगर, भदौ ८ । भीमदत्त नगरपालिका २ खोल्टीकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्याप्रकरण विरुद्ध कञ्चनपुरमा फेरि आन्दोलन चर्किएको छ । शुक्रबार फेरि त्यहाँ गोली चलेको छ । गोली लागी एक किशोरको मृत्यु भएको बताइएको छ ।

ठूलो संख्यामा आएका आन्दोलनकारी जिल्ला प्रशासन र नगरपालिकातर्फ आगाडि बढेपछि सम्भावित झड्पलाई रोक्न र प्रदर्शनकारीलाई तितवितर गर्न अश्रुग्यास र गोली चलाउँदा गोली लागेर एक किशोरको मृत्यु भएको बताइएको छ ।

तर किशोरको मृत्यु भएको औपचारिक रुपमा भने पुष्टी भएको छैन । साथै गाली लागि केही आन्दोलनकारी घाइते भएको बताइएको छ ।

बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको हो । यसअघि बिहीबार पनि प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएका थिए ।

गृहमन्त्रालयले उच्चस्तरीय छानविन समिति गठन, कञ्चनपुरका सिडियो, एसपी र डिएसपीको बिहीबार सरुवा गरेपछि शुक्रबार अपरान्हसम्म सामान्य हुँदै गएको भीमदत्तनगर फेरि अपरान्ह पछि हिसात्मक बनेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: