इञ्जिनीयर साहविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, भदौ ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै केही दिन अघि उनलाई पक्राउ गरिएको थियो ।

याे पनि पढ्नुस  बर्दियामा सीमा स्तम्भ हराएकोबारे सरकारको ध्यानाकर्षण

यस्तै, गुलरिया नगरपालिका बर्दियामा कार्यरत सहायक इञ्जिनीयर रमेशकुमार गौतमविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्थानीय क्याम्पसको एक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग गौतममाथि लागेको छ ।

याे पनि पढ्नुस  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी !

कमेन्ट गर्नुहोस्