Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

झुक्याएर गर्भवती बनाउने यी डाक्टर

अमेरिकाको इण्डियाना राज्यमा एक जना डाक्टरले आफ्नो वीर्य पयोग गरेर दर्जनौं महिलाहरूलाई गर्भवती बनाएको खुल्न आएको छ । प्रजननसम्बन्धी ती डाक्टरले महिलाहरूलाई झुक्याएर गर्भवती न्बानाएको हुनसक्ने आशंका गरिएको छ ।

उक्त मामिलालाई गम्भीर रूपमा लिँदै इण्डियाना मेडिकल लाइसेंसिङ बोर्डले आरोपी डाक्टरबाट भविष्यमा औषधि-उपचारका लागि अयोग्य ठहरिने गरी निजको चिकित्सकीय प्रमाणपत्र थुतेको छ।

यसरी झुक्याएर थुप्रै महिलाहरूलाई गर्भवती बनाउने डाक्टर ७९ वर्षीय डोनल्ड क्लाइन रहेको बताइएको छ ।

सन् २००९ देखि सेवा निवृत्त रहेका डाक्टर क्लाइनले गर्भवती हुन चाहने महिलाहरूलाई ‘स्पर्म डोनर’ या ‘वीर्य दाता’को पहिचान खुलाउन नसकिने जनाउँदै आफ्नै वीर्यले उनीहरूलाई गर्भवती गराउने गरेको खुल्न आएको छ ।

हुन त धेरै जसो महिलाले डाक्टर विरुद्ध कुनै प्रकारको मुद्दा त दायर गरेका छैनन् तर उनीमाथि हालसम्म परेका मुद्दाहरूबाट मात्रै उनले तीन वर्षसम्म जेल हुन सक्छ ।

अदालत समक्ष पेस भएका दस्तावेज अनुसार मात्रै पनि १९७० देखि १९८० सम्म डाक्टर क्लाइन ५० भन्दा बढी बच्चाहरूका जैविक पिता बनिसकेको हुनसक्ने देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: