कञ्चनपुर घटनामा अर्का एक जनाको मृत्यु

भीमदत्तनगर, भदौ ८ । भीमदत्त नगरनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई सार्वजनिक गर्न माग गर्दै गरिएको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी थप एक जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा घाइते भएका चेतन भट्टको अस्पताल उपचारका क्रम मृत्यु भएको थियो । भने अर्का एक घाइतेको पनि मृत्यु भएको बातइएको छ ।

तर ती दुई किशोरको मृत्यु भएको अहिलेसम्म औपचारिक रुपमा भने पुष्टी भइसकेको छैन । गोली लागी अन्य पाँच जना घाइते भएको बातइएको छ ।

शुक्रबार साँझ कञ्चनपुरमा प्रहरीले गोली चलाएर दुई जनाको मृत्यु र केही घाइते भएको घटनाप्रति सिडियो र एसपीले आचार्य प्रकट गरेका छन् । साथै गोली चलाउन कसले निर्दैशन दियो भन्ने बारे शंका प्रकट गरेको बुझिएको छ ।

विरुद्ध कञ्चनपुरमा फेरि आन्दोलन चर्किएको हो। शुक्रबार फेरि त्यहाँ गोली चलेको छ ।

ठूलो संख्यामा आएका आन्दोलनकारी जिल्ला प्रशासन र नगरपालिकातर्फ आगाडि बढेपछि सम्भावित झड्पलाई रोक्न र प्रदर्शनकारीलाई तितवितर गर्न अश्रुग्यास र गोली चलाउँदा गोली लागेर एक किशोरको मृत्यु भएको बताइएको छ ।

बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको हो । यसअघि बिहीबार पनि प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएका थिए ।

गृहमन्त्रालयले उच्चस्तरीय छानविन समिति गठन, कञ्चनपुरका सिडियो, एसपी र डिएसपीको बिहीबार सरुवा गरेपछि शुक्रबार अपरान्हसम्म सामान्य हुँदै गएको भीमदत्तनगर फेरि अपरान्ह पछि हिसात्मक बनेको छ ।

कमेन्ट गर्नुहोस्