Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डद्वारा कञ्चनपुर घटनामा उच्चस्तरीय न्यायिक समिति गठन गर्न प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कञ्चनपुर घटनाबारे उच्चस्तरीय न्यायिाक छानविन समिति गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई सार्वजनिक गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर दुई किशोरको मृत्यु र केही घाइते भएपछि भएपछि नेकपाका नेता एवं पूर्वमन्त्री लेखराज भट्टको नेतृत्वमा ७ नं प्रदेशका सांसद तथा नेताहरुले टोलीले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

उनीहरुले प्रचण्डलाई कञ्चनपुरमा विकसित पछिल्लो अवस्था र त्यसबाट उत्पन्न हुने परिस्थितिका बारेमा जानकारी गराउदै गृहमन्त्रालयले घटनाका बारेमा काम गरिरहेको भए पनि त्यतिले नपुग्ने भन्दै तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरेका थिए ।

अाफूहरुकाे बिफ्रिङ सुनेपछि प्रचण्डले त्यहीबाट फोन गरेर प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाको सत्यतथ्य अनुसन्धान गर्न तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न आग्रह गरेको नेता लेखराज भट्टले एभरेष्टदैनिकलाई जानकारी दिए ।

साथै उनीहरुले कञ्चनपुर घटनाले उग्ररुप लिन लागेको प्रति चिन्ता व्यक्त गर्दै तत्काल केन्द्रबाट प्रभावकारी पहल नभए परिस्थिति भयावह हुन सक्ने तर्फ प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्रालय बिहीबार मात्रे सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीको सरुवा गरेको थियो र एसपी कुमार कडायतलाई त्यहाँ खटाएको थियो । र शुक्रबार अपरान्हसम्म कञ्चनपुरको जनजीवन सामान्य बन्दै गएको थियो ।

तर शुक्रबार अपरान्हपछि अवस्था एकाएक विग्रियो । ठूलो संख्यामा आएका प्रदर्शनकारी जिल्ला प्रशासन र नगारपालिकातर्फ अगाडि बढेपछि परिरिुथतिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी दुई जनाको मृत्यु भएको बताइएको छ । तर यसको औपचारिक रुपमा अहिलेसम्म पुष्टी भने भइसकेको छैन ।

ठूलो संख्यामा आएका आन्दोलनकारी जिल्ला प्रशासन र नगरपालिकातर्फ आगाडि बढेपछि सम्भावित झड्पलाई रोक्न र प्रदर्शनकारीलाई तितवितर गर्न अश्रुग्यास र गोली चलाउँदा गोली पाँच जना घाइते भएको र उपचारका क्रममा दुई जनाको मृत्यु भएको बातइएको छ ।

बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको हो । यसअघि बिहीबार पनि प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएका थिए ।

अहिले कञ्चनपुरको अवस्था तनावग्रस्त छ ।

गएको भदौ पाँच गते २५ दिनपछि निर्मला पन्त बलात्कारपछि हत्याप्रकरणका अभियुक्तका रुपमा प्रहरीले स्थानीय ४१ वर्षीय दिवानसिंह विष्टलाई सार्वजनिक आन्दोलन चर्किएको हो । गएको साउन १० गते बेपत्ता भएकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । उनलाई बलात्कार गरी हत्या गरेको थियो ।

भटना भएको लामो समयपछि प्रहरीले अभियुक्तलाई लुकाउन मानसकि सन्तुलन गुमाएका विष्टलाई नक्कली अभियुक्तका रुपमा अगाडि ल्याएको स्थानीयको आरोप छ ।

निर्मला साउन १० गते साथी रोशनी बमको घर होमवर्क गर्न भन्दै गएकी थिइन तर अवेर रातिसम्म घर नफर्किएकपछि प्रहरी उजुरी दिइएको थियो । साथै बम परिवारमाथि प्रहरी अनुसन्धान नगरेको प्रति पनि स्थानीयले शंका व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: