Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नयाँ बानेश्वरमा युवती बलात्कृत, ४ महिनापछि घटना सार्वजनिक

काठमाडौं । घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् ।

विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ । नयाँ पत्रिकामा खबर छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला हुँदा तारेखमा राखेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: