Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दासढुङ्गामा बस र ट्रक ठोक्किए, २८ जना घाइते

चितवन, भदौ ९ । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना ५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेको थियो ।

बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: