Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालका चर्चित ९ गुफाका रोचक किंवदन्ती

काठमाडौं, भदौ ९ । नेपालमा रहेका कैयौं गुफाहरू पर्यटकीय आकर्षण बन्दै आएका छन्। फरक फरक किंवदन्ती रहेका यी गुफाहरूले पर्यटकहरूबाट उठ्ने शुल्कले सामाजिक काममा समेत टेवा पुर्याउँदै आएका छन्।


जुम्लाको गणेश गुफाभित्र भगवान गणेश, पार्वती र शिवका आकृति देख्न सकिने स्थानीय बासिन्दाहरू बताउँछन्। हरेक वर्ष जनैपूर्णिमापछिको गणेश चतुर्दशीका दिन त्यहाँ ठुलो मेला लाग्ने गर्दछ।


हलेसी क्षेत्रको एउटा गुफामा चुनढुंगा पग्लिँदै गरेको जस्तो छ। त्यहाँ सेतो पानी बग्छ। त्यो पानी महादेवलाई दूधको स्नान गराउन खसेको भन्ने किंवदन्ती पनि छ।


पोखरामा रहेको पाताले छाँगो फेवातालको निथार हो। यथार्थमा यो छाँगो गुफाभित्र प्रवेश गर्छ। गुप्तेश्वर गुफावाट प्रवेश गरेपछि प्रकृतिको यो चमत्कार देख्न पाइन्छ। गत वर्ष मात्रै ६ लाख भन्दा बढीले पाताले छाँगो अवलोकन गरेको बताइन्छ।


पोखराको बाटुलेचौरमा महेन्द्र गुफ़ा छ। गत वर्ष तीन लाखले अवलोकन गरे। अँधेरी भुवानको नामले परिचित यो गुफा तत्कालीन राजा महेन्द्रले २०१६ सालमा अवलोकन गरेपछि यसको नाम परिवर्तन भएको हो। यो गुफाबाट वार्षिक २ करोड आमदानी हुन्छ । बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी माविले आमदानी लिन्छ र गुफा व्यबस्थापन पनि गर्छ ।


बाटुलेचौरमा चमेरे गुफा पनि छ। गुफाभित्र थरिथरिका चमेराको बासस्थान छ। चमेरोले उज्यालो मन नपराउने भएकाले अन्य गुफामा झैं स्थायी बत्तीको व्यवस्था यहाँ छैन। यो गुफाबाट वार्षिक करोड बढी आम्दानी हुने र त्यसलाई विन्द्यवाशिनी माविलाई दिइने बताइन्छ।


पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर गुफाको प्रवेश मार्ग। यो गुफामा करिब ६ सय मिटरभित्र प्रवेश गरेपछि पाताले छाँगो नजिकबाट देख्न सकिन्छ। वर्षाको समयमा दुर्घटनाको डरले छाँगो नजिक जान दिइन्न।

हलेसी महादेव नेपालको प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो। त्यहीँ ठूलो चट्टानको गुफा छ। गुफाभित्र प्रवेश गरी केही सयमीटर तल ओर्लेपछि समथर ठाउँमा पुगिन्छ।


दाङको तुल्सीपुर उपमहानगरपालिकामा रहेको सिद्ध चमेरे गुफा चार तलाको रहेको छ। गुफामा एक हजार वर्ष पुराना अभिलेख, प्राचीनकालीन विभिन्न आकृति र स्तुपहरु रहेका छन। यहाँ चमेराको वाक्लो वसोवास रहेको छ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित पाण्डव गुफा। कौरब र पाण्डवहरूबीच लडाइ भएपछि पाण्डवहरू गुप्तबास बस्न यो गुफा बनाएको भन्ने किंवदन्ती छ।

शब्द र तस्वीर बीबीसीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: