Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्मलाका निम्ति न्यायका माग्दै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन

काठमाडौं, भदौ ९ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने हत्याराको खोजी र कडा कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा सर्वसाधारणले स्वतस्फूर्त शान्तिपूर्ण प्रदर्शनी गरेका छन् ।

शनिबार अपरान्ह माइतीघरबाट शुरु गरिएको प्रदर्शनमा सर्वसाधारण, विभिन्न पेशाकर्मी, राजनीतिकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी, कलाकारको बाक्लो उपस्थिति थियो । प्रदर्शनका क्रममा सिल्पी थिएटरका कलाकारले प्रतिकात्मक सडकनाटक पनि प्रदर्शन गरेका थिए ।

निर्मलाका निम्ति न्याय जनताको भेला, दोषीलाई कडा कारबाहीको माग गरिएका व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । माइतीघर मण्डलाबाट शुरु भएको प्रशर्दन वानेश्वर पुगेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: