कञ्चनपुर घटनाः मन्त्रिपरिषदको आकस्मिक बैठक शुरु

काठमाडौं, भदौ‌ ९ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्याप्रकरणका बारेमा आवश्यक निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

आजको मन्त्रिपरिषद बैठकले कञ्चनपुर घटनाका सम्बन्धमा गम्भीर छलफल गरी विभिन्न निर्णय गर्न सक्ने बताइएको छ । बैठकमा विशेषगरी घटनाबारे छानविन गर्न न्यायिक समिति बनाउने, शुक्रबार प्रहरीको गोली लागि मृत्यु भएका किशोरलाई शहीद घोषणा गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ती दिनेबारे निर्णय गर्न सक्ने बताइएको छ ।

त्यसैगरी, घटना भएको लामो समयसम्म उचित छानविन नगरी आल्टाल गर्ने र चौतर्फी दवाव र विरोघपछि नक्कली अभियुक्त सार्वजनिक गर्ने एसपी, डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी र मुद्दा फाँटका प्रहरी अधिकारीलाई पनि निलम्ब गर्ने विषयमा आजको मन्त्रिपरिषद निर्णय गर्ने छ ।

कमेन्ट गर्नुहोस्