Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सडक दुर्घटनामा परि कुबेतमा एक नेपालीको निधन

कुबेत,भदौ ९।रोजगारीका लागि कुबेत पुगेका एक नेपालीको गत मंग्लवार सवारि दुर्घटनामा परि निधन भएको छ।

बुटवल १५-बेलाबास स्थायी ठेगाना भएका ३१ वर्षीय टुकबहादुर रायमाझीको मंगलबार राती कारको ठक्करले निधन भएको स्रोतले जानकारी दिएको छ।

केहि दिन देखि कम्पनी होस्टेलमा नफर्किएको र काममा समेत नगएको जानकारीपछि खोजतलास गर्दा रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भैसकेको र उनको शव प्रहरीले कुवेतको फर्वानिया अस्पातल पुर्याएको पत्ता लागेको कुबेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

मृतकको शब पठाउन र क्षतिपुर्ती परिवार सम्म पुर्याउनको लागि कम्पनी र सम्बन्धित निकाय संग समन्वय भईरहेको छ।साथै मृतकको आफ्नै बहिनी कुवेतमा रहेको र दुताबासको संपर्कमा आएको हुदा केहि दिनमा उनलाई लिएर शब राखेको फर्वानिया अस्पातल जाने दूतावास स्रोतले बताएको छ।

पछिल्लो एक महिनामा मात्रै कुबेतमा विविध कारणले ५ जना नेपालीको मृत्यु भैसकेको छ भने खाडी देशमा काम गर्न धेरै नेपालीहरु ,सवारी दुर्घटना तथा हृदयघातका कारण समेत ज्यान गुमाउन पुगेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: