रौतहटको बकैया नदीमा डुंगा पल्टियो, ३५ भन्दा बढी बेपत्ता, १२ जनाको सकुशल उद्धार

रौतहट जिल्लाको गौर नगरपालिका र इसनाथ नगरपालिका बीचबाट बग्ने लालबकैया नदीमा डुंगा डुब्दा ३५ भन्दा बढी स्थानीय बेपत्ता भएका छन्।

इसनाथ नगरपालिकाबाट गौर नगरपालिकातर्फ आउँदै गरेका स्थानीयहरुको डुङ्गा एक्कासी पल्टी डुब्न पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताउनुभयो।

याे पनि पढ्नुस  बैतडीमा बस दुर्घटना, ५ जना घाइते

साँझ ७ बजेतिर घटना घटेका कारण डुङ्गामा कति सवार थिए भन्ने कुरा थाहा पाउन नसकिएको तर खोजीकार्य जारीरहेको ढकालले बताए। डुङ्गामा डुबेका मध्ये १२ जनाको सकुशल उद्दार गरिएको र नजिकै भारतीय सिमाना रहेकाले सितामढी जिल्लाका एसपी विकास ब्रमणलाई समन्वय गरी उद्धारको लागि सहयोग गर्न आग्रह गरिएको एसपी ढकालले बताए।

याे पनि पढ्नुस  जिपको ठक्करबाट चितवनमा प्रहरीको मृत्यु, एक गम्भीर घाइते

उद्धारकार्यमा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयहरु खटिएको एसपी ढकालले बताए।

कमेन्ट गर्नुहोस्