निर्मला र सन्निको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौ, भदौ ९ । सरकारले कञ्चनपुरमा प्रहरीको गोलीबाट मारिएका सन्नी खुना र बलात्कारपछि हत्या भएकी निर्मला पन्तको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आज साझ बसेको मन्त्री परिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

कन्चनपुरमा बिकसित भएको घटनाक्रमका बारेमा आवश्यक निर्णय लिन मन्त्री परिशदको बैठक बसेको थियो ।

मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो । साथै सहसचिवको नेतृत्वमा बनेको छानविन समितिलाई गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको एक मन्त्रीले बताए ।

निलम्बनमा परे एसपी विष्ट

बैठकले एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । १३ वषर्ीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए ।

स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, आन्दोलन नरोकिएपछि सरकारले अनुसन्धान पुरा नहुँदासम्म विष्टलाई निलम्बन परेको छ ।

यसअघि गृह मन्त्रालयले डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर तान्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

सन्निलाइ सहिद घोषणा गर्नुपर्ने मागका बारेमा भने आजको बैठकले कुनै निर्णय गरेन ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: