नेपालमा पनि विश्वकप क्रिकेटको ट्रफी ल्याइदै

काठमाडौं, भदौ १० । आउँदो वर्ष इंल्याण्ड र वेल्समा हुने आइसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्व भ्रमणको दौरान आगामी अक्टोबर अन्तिम साता विश्वकप ट्रफी नेपाल आइपुग्ने छ।

आईसिसीका अनुसार विश्वकप ट्रफी आगामी २७ अक्टोबरमा काठमाडौं दरबार स्वायर क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राखिने भएको छ। उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्वीर खिचाउन पाउनेछन्।

यही सोमबारबाट आइसीसीको दुबर्इस्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरू गर्नेछ। पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने आइसिसिले जनाएको छ।

समर्थकहरुलार्इ क्रिकेटसँग जोड्न अझै सहयोग पुर्‍याउने भन्दै आइसिसिले पहिलो पटक ‘निशान’ को को सहायतामा विश्वका यतिधेरै स्थानमा ट्रफी घुमाउन लागेको हो। क्रिकेट विश्वकपको ट्रफी नेपालमा पहिलोपटक ल्याउन लागिएको हो। यसअघि कोकाकोलाको सहयोगमा फुटबल विश्वकपको ट्रफी नेपालमा ल्याईसकिएको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: