Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेसीको बार्सिलोना पहिलो नम्बरमा, लगातार दोस्रो जित !

एजेन्सी, भदौ १० । ला लिगा फुटबल अन्तर्गत सिजनको दोस्रो खेलमा बार्सिलोनाले भालाडोलिडमाथि रोमाञ्चक जित निकालेको छ । लिग अन्तर्गत गयराती भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १-० को जित निकालेको हो। बार्सिलोना मेसीको कप्तानीमा मैदान उत्रिएको थियो ।

पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलमा ५७औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। यसअघि पनि ८०औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजले गरेको गोल अफसाइट भएको थियो। यो जितसँगै बार्सिलोनाले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: