Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घरेलु मैदानमा पनि रोनाल्डोले गोल गर्न सकेनन्

एजेन्सी, भदौ १० । इटालियन फुटबल क्लब युभेन्टसमा अनुबन्ध भएका पोर्चुगलका स्टार रोनाल्डोले घरेलु मैदानमा पनि गोल गर्न सकेका छैनन् ।  इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोले गोल गर्न नसके पनि युभेन्टसले लगातार दोस्रो जित भने निकाल्न सक्यो । हिजो उनको टिमले लाजिओलाई २-० ले हरायो ।

घरेलु मैदान एलिएन्ज रंगशालमा रोनाल्डोको पहिलो प्रतिस्पर्धात्मक खेलका लागि फ्यानहरुले उनको समर्थनमा ब्यानर तथा पोस्टरहरु लिएर आएका थिए । तर रोनाल्डोले विभिन्न सात वटा प्रहार गरे पनि कुनै गोल गर्न सकेनन्।

युभेन्टसको दोस्रो गोलअघि रोनाल्डोले गरेको कडा प्रहार लाजिओका गोलरक्षक थोमस स्ट्राकोशले बचाएका थिए। हालै ११२ मिलियन युरो तिरेर यसै सिजन रियल मड्रिडबाट खेल्दै आएका रोनाल्डोलाई युभेन्टसले ल्याएको हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: