Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीपीएलः सन्दिप आवद्ध टिमको शानदार जित, शिर्ष स्थानमा उक्लियो

काठमाडौं, भदौ १० । वेष्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आज नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले तेस्रो जित निकालेको छ । आज विहान भएको खेलमा बार्बाडोस ट्रिडेन्टसलाई ६ विकेटले हराउँदै सन्दिपको टिमले तेस्रो जित निकालेको हो ।

आजकाे खेलमा सन्दिप महंगा साबित भए। चौथो खेलसम्म उत्कृष्ट प्रदर्शन गरेका सन्दिपले आजको खेलमा ट्रिडेन्टसविरूद्ध ४ ओभर बलिङ गर्दै तीन चौका र तीन छक्कासहित ४३ रन खर्चिए।

आइतबारको खेल जितेसंगै सन्दिपको टिम सेन्ट किट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बार्बाडोसले दिएको १४८ रनको लक्ष्य सेन्ट किट्सले ४ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो ।

कप्तान क्रिश गेल पहिलो बलमै आउट भए पनि ब्राण्डम किङले ६० रन बनाए भने डेभोन थोमसले ३२ तथा कटिङले नटआउट २९ रन बनाएका थिए। यसअघि बार्बाडोले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका लागि जोसन होल्डरले अर्धसतकीय पारी खेलेका थिए।

सीपिएलमा ५ खेल खेलेका सन्दीपले सातौं विकेट लिइसकेका छन्। अब सन्दिप एसिया कप क्रिकेटका लागि मलेसिया जाने भएकाले बाँकी ५ खेल गुमाउनेछन्। सन्दिप आजै एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न मलेसिया जाँदैछन्।

नेपाली टोली एसिया कप छनोटको तयारीमा अहिले श्रीलंकामा छ। सन्दिप वेष्टइन्डिजबाट सोझै मलेसिया जान लागेका हुन्। यदि उनको टोलीले बाँकी खेल जितेर प्ले अफमा पुगे पुनः सन्दिप क्यारेवियन जाने छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: