Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालले आज श्रीलंकासँग तेस्रो अभ्यास खेल खेल्दै

काठमाडौं, भदौ १० । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्ने भएको छ ।  लगातार दोस्रो जित निकालेको नेपाली टोलीले आज कोल्ट्स क्रिकेट क्लबसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान सवा १० बजे हुनेछ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा खेल्न लागेको हो ।

आजको खेलपछि नेपाली क्रिकेट टोली भोली सोमबार एसिया कप छनोट खेल्का लागि मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: