Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अहिले नेपाल र श्रीलंका भिड्दै, नेपाललाई फिल्डीङको मौका ! [अपडेट]

काठमाडौं, भदौ १० । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दै छ । आज नेपालले टस हारेर अगाडी फिल्डीङको मौका पाएको छ । अहिले नेपाल श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबसँग भिड्दै छ ।

लगातार दोस्रो जित निकालेको नेपाली टोली अन्तिम खेल पनि जित्ने लक्ष्यकासाथ मैदान उत्रिएको छ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा खेल्न लागेको हो ।
आज नेपालको टिममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सुभास खकुरेल (विकेटकीपर), सागर पुन, सोमपाल कामी, करण केसी, रोहित पौडेल, दिपेन्द्र ऐरी, आरिफ शेख र ललित राजवंशी छन् ।

आजको खेलपछि नेपाली क्रिकेट टोली भोली सोमबार एसिया कप छनोट खेल्का लागि मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: