Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बालकुमारी क्याम्पसका विद्यार्थीले खोसे व्यवस्थापन समितिको माइन्युट

काठमाडौं, भदौ १० । तालावन्दी गरिएको समयमा कलेज व्यवस्थापन समिति र कलेज प्रशासनले विद्यार्थीले उठाएका जायज माग संबोधन गर्नुको सट्टा एकलौटी ढङ्गले संचालन समितिको वैठक वसि विद्यार्थीको माग विपरीतका एजेण्डामा निर्णय गरिएको भन्दै विद्यार्थीले विधान मस्यौदा र समितिले निर्णय गरेको माइन्युट नियन्त्रणमा लिएका छन् । उक्त निर्णय मान्ने नहुने भन्दै विद्यार्थीले शनिबार व्यवस्थापन समितिको बैठक वसिरहेको ठाउँबाट माईनट नियन्त्रणमा लिएका हन् ।

बालकुमारी कलेजमा देखिएका समस्याहरु तत्काल सम्बोधन गर्न कलेज प्रशासन समक्ष बारम्बार कुरा राख्दा बेवास्ता गर्ने, प्रशासनले विद्यार्थी संगठनसँग बारम्बार सहमति गर्ने र कार्यान्वयन नगर्ने हुँदा विभिन्न १० बुदे माग राख्दै माग पूरा नहुन्जेल सम्मका लागि कलेज प्रशासन प्रमुख, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समितिको कार्यकक्षमा गत साउन २२ गतेदेखि पाँच विद्यार्थी संगठनले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: