Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको कसिलो बलिङ, कोल्ट्सको पाँचौं विकेट पतन

काठमाडौं, भदौ १० । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेलिरहेको छ । नेपालले टस हारेर श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबविरुद्ध फिल्डिङको गरिरहेको छ ।

नेपाल बलरले कसिलो बलिङ गरेका छन् । नेपालले श्रीलंकाली क्लबको पाँचौ विकेट लिएको छ । नेपालका लागि करन केसीले २, सोमपाल कामीले २, ललितले १ विकेट लिएका छन ।

श्रीलंकाली क्लबका अयाना ३६, विश्व २७, मदवा ७ दिलन ८ र रोशन १ रन बनाएर आउट भए ।

ताजा अवस्थामा कोल्ट्स क्रिकेट क्लबले ३२ ओभरको समाप्तीमा पाँच विकेटको क्षतिमा १३३ रन बनाएर खेलिरहेको छ । फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: