Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भीमदत्तनगरमा अाज पुनः कर्फ्यू

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार पुनः कफ्र्यु लगाइएको छ ।

भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आइतबार बिहान १० बजेपछि पुनः कफ्र्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कफ्र्र्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: