Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रिता थापामगरको ‘लेउन आमा एक मुठी पानी’ मार्मिक तीजगीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

कुनै पनि छोरी मान्छेलाई उनको आमाले यस धर्तीमा जन्म दिएपछि, भाग्य पनि लेख्दिन मिल्ने भए संसारको सारा खुशी उनकै भाग्यमा लेखिदिन्थिन् होला ।

अनि आफ्नो सन्तानको अनुहारको मुस्कानबाट नै उनको जीवनयात्रा थप खुशियालीका साथ अगाडि बढ्थे होला । तर यस्ता सबै कुरा काल्पनिक हुन् । हो, यस्तै पेरिफेरिमा एक मौलिक तीज गीत ‘लेउन आमा एक मुठी पानी’ भर्खरै बजारमा आएको छ ।

भनिन्छ, अकबरी सुनलाई कसी लगाउन पर्दैन, नेपाली नारीहरुको महान चाड हरि वा… यस्तो पो तीज गीत हरितालिका तीज विशेष गीतहरु केही महिना अघिदेखि नै सार्वजनिक भइसकेका छन् ।

तर भर्खर सार्वजनिक भएको यस गीतले असंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने छ भन्ने कुरामा ढुक्क रहन सकिन्छ र जति पनि श्रोता दर्शकहरुले सुन्नु हुन्छ र हेर्नु हुन्छ पक्कै भन्नु हुने छ वा… यस्तो पो तीज गीत !!

रिता थापामगरको प्रस्तुतिमा सम्धिनी संगीत प्रालिले बजारमा सार्बजनिक गरेको यस गीतमा रिता थापामगरको नै कर्णप्रिय स्वर रहेको छ भने लय रिता थापामगर र शिरिष देवकोटा त्यसैगरी शब्द रमेश बिजीको रहेको छ ।

निकै मर्म स्पर्सीढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा शिरु बिस्ट, रश्मि भट्ट र मोहन रानाको घतलाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: