Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्रम्पको अभिव्यक्ति गैरजिम्मेदारीपूर्ण: चीन  

काठमाडौँ, भदौ १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ताजा ट्विटप्रति चीनले आपत्ति जनाएको छ । उनले शुक्रवार अपरान्ह गरेको ट्विटमा अमेरिकासँग व्यापारिक तनाव बढेका कारण चीनले उत्तर कोरिया मामिलामा असहयोग गरिरहेको जनाएका थिए ।

चीनको विदेशमन्त्रालयका प्रवक्ताले यसको पत्युत्तरमा राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्ति तथ्यहीन रहेको र चीन उत्तर कोरियाको विषयमा गम्भीर रहेको प्रतिक्रिया दिएका छन्

बिहीबार राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया यात्रा रद्द गरिदिएका थिए । ट्रम्पका अनुसार उत्तर कोरियाको परमाणु कार्यक्रम समाप्त पार्ने दिशामा आशातीत प्रगति हुनसकेको छैन ।

जबकि जुनमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनसँग सिङ्गापुरमा भएको शिखर वार्तापछि ट्रम्पले उत्तर कोरिया अब परमाणु खतरा नरहेको बताएका थिए ।

तर उनले अब उत्तर कोरियाले आफ्ना परमाणु संयन्त्रहरू पूर्णरूपमा नष्ट नगरेको आरोप लगाइरहेका छन् । यसैबीच दुबै कोरियाका राष्ट्रप्रमुखले कयौं पटक परस्पर भेटिसकेका छन् । यसका साथै दुवै कोरियाका छुट्टिएका परिवारहरूको पुनर्मिलन समेत गराइसकेको छ ।

चीन उत्तर कोरियाको एकमात्र महत्वपूर्ण सहयोगी हो र अमेइकाको शक्तिशाली रणनीतिक प्रतिद्वन्दी पनि ।

केही समय यता दुई देशबीच व्यापारलाई लिएर तनाव बढेको छ जसलाई धेरैले ‘ट्रेड वार’ भन्ने गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: