Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मृतक निर्मलादेखि शहीद खुना र घाइतेकाे घरमा लेखराज भट्ट (फाेटाेफिचर)

कञ्चनपुर, भदौ १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टको नेतृत्वमा प्रदेश नं ७ का प्रदेशिक मन्त्री, प्रतिनिधि र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसहितको टोलीले बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरकी निर्मला पन्त र शहीद सनी खुनाको घरमा पुगी परिवारसँग भेटघाट गरेका छन् ।

आइतबार नेता भट्टसहित सांसदहरु कञ्चनपुर ३ का डा. दिपकप्रकाश भट्ट, कञ्चनपुर २ का नरबहादुर धामी र प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह प्रदेशसभा सदस्यद्वय मानबहादुर सुनार र प्रकाश रावललगायतको टोली निर्मला पन्तको निवासमा गई निर्मला पन्तका परिवारजनसंग भेटघाट गरेका हुन् ।

निर्मला पन्तको परिवारसंग नेता भट्टले आफू प्रधानमन्त्रीको सन्देश लिएर आएको बताए । उनले भने, ‘हिजो (शनिबार) प्रधानमन्त्रीलाई प्रदेश नं. ७ बाट संघीय (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले भेटी कञ्चनपुर घटनाबारे ध्यानाकर्षण गरेका थियौं । त्यस पश्चात् प्रधानमन्त्रीले तत्काल सुरक्षा समितिको बैठक र आकस्मिक मन्त्रिपरिषदको बैठक राखि निर्मला पन्तको परिवार र सनी खुनाको परिवारलाई १०–१० लाख दिने निर्णय गर्नुका साथै छानविनमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको थियो ।’

त्यसभन्दा पहिले साँसदहरुसंग छलफलकै क्रममा तत्कालीन प्रधानमन्त्रीले कञ्चनपुरका तत्कालीन एसपीलाई निलम्बन गर्न निर्देशन दिएका थिए । उक्त अवसरमा निर्मला पन्तका वुवाले नेता भट्टसंग निर्मला नरहे पनि न्याय पाए हामीले छोरी पाए सरह हुनेछ भनेका थिए ।

परिवारसंग नेता भट्टले भने, ‘प्रधानमन्त्रीज्यू घटनाप्रति दुखि हुनुहुन्छ । उहाँले निर्मला पन्तप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना सन्देश पठाउनु भएको छ । हामी यहाँबाट प्रतिनिधित्व गर्ने सवै जनप्रतिनिधिहरु न्यायका लागी लड्ने प्रतिबद्धता जाहेर गर्दछौं । निर्मला हाम्राविचमा नरहे पनि निर्मलालाई न्याय दिलाउनु र दोषिलाई कार्वाहि गर्नु नै निर्मलाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

भट्टले निर्मलाका न्यायका लागि आफुले अन्तिमसम्म लड्ने र दोषिलाई कारवाही गरेर नै छोड्न बताए । अहिले सरकारले उच्चस्तरीय छानविन समिति बनाएको छ । त्यसले छानविन गर्छ र न्याय मिल्ने बताए । त्यसैगरी प्रदेश ७ का आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारका तर्फबाट रु पाँच लाख क्षतिपूर्ति दिने निर्णय भएको जानकारी दिए ।

त्यसैगरी आन्दोलनमा सहिद भएका सन्नी खुनाको परिवारसंग समेत नेता भट्टले भेटेका छन । भेटका क्रममा परिवारलाई समवेदना दिँदै नेता भट्टले भने, ‘सन्तान त सवैले जन्माउँछन सपूत थोरैले मात्र जन्माउँछन । ती थोरै सपूतमध्ये सनी एक सपूत हुन । जसले न्यायको लागी जीवन उत्सर्ग गरे ।’

सनीका बुवाले नेता भट्टलाई आफ्नो छोरा जुन न्यायकोलागी वलिदानी ग¥यो त्यो न्याय दिलाउन अनुरोध गरे । साथै सनीलाई गोली हान्नेलाई समेत कारवाही गर्न माग गरे । त्यसपछि नेता भट्टले भने, ‘निर्मला पन्तलाई न्याय दिलाउन कुनै कसर बाँकी राखिन्न । सनी सहिद घोषणा गरि सकिएको छ । सन्नीलाई गोली हान्नेलाई कारबाही हुन्छ ।’

नेता भट्टले छानविन समितिले ती सवै विषयमा छानविन गरि कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश रहेको जानकारी गराएक ा थिए । त्यसैक्रमा प्रदेश ७ का आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले परिवारलाई प्रदेश सरकारले रु पाँचलाख क्षतिपुर्ति दिने निर्णय गरेको जानकारी गराउनु भयो ।

त्यसपछि नेता भट्टको टोली घाइते उमेश देउवाको घरमा पुगी उनका परिवारलाई भेटघाट गरी घटनाप्रति दुःख व्यकत गर्दै घाइतेको उपचार सरकारले गर्ने जानकारी गराएका दिए । साथै घाइतेको उपचारमा कुनै पनि नहुने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: