Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोनाल्डो नहुँदा पनि मड्रिडको विजयी यात्रा रोकिएन

एजेन्सी, भदौ ११ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार जित हात पारेको छ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदान बिनाको सिजनमा पनि मड्रिडले ला लिगामा लगातार जित पारेको हो ।

आइतबार राति भएको खेलमा मड्रिडले जिरोनालार्य ४-१ ले हरायो । अवे मैदानमा भएको खेलमा रियल मड्रिड सुरुमा पछि परेको थियो । १६ औँ मिनेटमा बोर्जा गार्सियाको गोलबाट जिरोनाले अग्रता लियो ।

३९ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सर्जियो रामोसले रियल मड्रिडका लागि बरबरी गोल फर्काए । पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा रियल मड्रिडले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

रियल मड्रिडले ५२ औँ मिनेटमा पेनाल्टी पायो । त्यसलाई सदुपयोग गर्दै करिम बेन्जिमाले गोल गरे र रियल मड्रिडले २-१ को अग्रता लियो । ५९ औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै अग्रता बढाए ।

८० औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ४-१ ले विजयी भयो । लगातार दुई खेल जितेको मड्रिड ६ अंकसहित शीर्ष स्थानमा छ । लिग अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा स्पानियोलले भ्यालेन्सियालाई २-० ले हरायो भने सेभिल्ला र भिल्लारियलले गोलरहित बराबरी खेले ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: