Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु

लहान, भदौ ११ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका-४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका-६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते महतोलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढी नगरपालिका-८ गागन खोला पुलमा ज८प २१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय २२ वर्षीय गोविन्द ठाकुरको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई पनि उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यस्तै सिरहा नगरपालिका-७ मैसोथामा माछा पोखरीमा डुबेर स्थानीय ५० वर्षीय हितलाल मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: