Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सत्ता पाउँदा मात्तिने र नपाउँदा छट्पटाउने ?

सत्ता बाहिर हुँदा ज्यादै जनसरोकार व्यक्त गरिन्छ। जनताको भोक र शोकमा चाँसो राख्निछ। त्यतिले पुगेन भने टायर पोलिन्छ। अझै भएन भने संसदमा बोलिन्छ। भए फकाएर नभए थर्काएरै भएपनि देशको माठो र आँठोको धक्कु लगाइन्छ। जेहोस छट्पटी उग्रहुन्छ। सत्ताको खडेरीले डढेर टाँँट पल्टिएको मस्तिष्कमा भस्मै राष्ट्रवाद रसाउँछ। तर त्यही कुरो सत्तामा पुगेपछी बिपरित बनिदिन्छ। पारा चढेजस्तै व्यबहार प्रस्तुत हुन्छ।

आफू बिनाको दुनियाँ त औंशिको कालरात्री नै हो जस्तो शक्तिको बत्ती बालिन्छ। सनक र दनकको भरमा राज्यसत्ता चल्दैन ! राज्य उन्दण्ड बन्दैगए जनताहरु न्यायकालागी आगो ओकल्न सक्छन् ! उन्मत्त भएर बेलगाम दौडिने शासकहरुको गर्धन अठ्याएर उछिट्याइदिने शक्ति हुन्छ जनतासँग ।

सत्ताको भरमा सन्किने र मन्सिनेहरु देशलाई निकास दिन सक्दैनन् ! बरु उल्टै अन्योलताको भुमरीमा रिंगाएर आत्मरती लिन्छन् ! अझ फाटेको चप्पल लगाएर शासन सत्ताको डाडुपन्यु समाउन पुगेकाहरुको बुद्दिमा बोंसो पलाएपछी त यिनिहरु देशका लागि भयंकर खतरा सावित हुँदारहेछन्।

यो कुरो नेपालको वर्तमान सन्की राज्यव्यवस्थाले प्रष्ट पारेको छ। सिमित भजनमण्डलीको घेराबन्दीमा समृद्धिको लोकाचार पारेर डोकाचार हसुर्ने सर्वहारा माननीयहरुको डढेलोले सामान्य सुधारको बिचार अंगाल्नेहरुलाई समेत त्यही भुंग्रोमा डढाएको छ।

उमेश बन्जाडे

नेपालको इतिहासमा हरेक कालखण्डका सत्ताहरु सन्किएरै भित्तामा पुगेका छन्। र अप्रिय घटनाहरु निम्तिएकै छन्। अझ आफुलाई नयाँ व्यवस्थाका कारिन्दा ठान्ने कामरेडहरुको इतिहास हेर्ने हो भनेत सायद निधारमा हात बिसाएर पर्खिनै पर्छ। अहिले कामरेडहरुको शासन छ नेपालमा।

व्यक्तिगत लुछाचुँडि र हानथापको शिकार बनेकाछन् कामरेडहरु। ती घटनाहरुले राष्ट्रलाई धेरै पछाडी धकेल्न मद्दत पुर्‍याएको छ। जस्तैः एक युगमा एकपटक हुने संविधान सभा समेत नेपालमा दुईपल्ट भएको छ। र शक्ति उन्मादले सुन्निएकाहरुलाई रछ्यानमा मिल्क्याइएको ताज इतिहास हामीसँगै छ।

यो बाख्राको टाउकोमा भैंसीको सिंग भिराएर पार्टी मिलनको मोहोबत्त बनाउँदै गरिएको एकताको उपज हुनुपर्छ । इतिहासकै शक्तिशाली सरकार भनेर चिच्याउने कामरेडहरुले यसलाई थेग्न हम्मेहम्मे परेको छ।यहि व्यवस्थालाई गिज्य्याउने ओलिप्रवृत्तिको दादागिरीले स्थानीय स्थरको सामाजिक उछ्ऋङ्खलता सतहमा आउने गरेको छ।

अझ दुस्खद त यो छकी, अपराधिक गतिविधि पनि चरम उत्कर्शमा पुगेको छ। घटनाक्रमहरुले यो ओलि कामरेड वा प्रवृतिको मात्रै पतनमस् युग नभएर, काँध जोड्न पुगेर नारिएका सर्वहाराभनौंदा दामरेडहरुलाई पनि पश्चतापपुर्ण सावित हुने निश्चित जस्तैछ । नेपालमा कामरेडहरुको राजनितिनी धेरैपटक घाटमा पुर्‍याएको इतिहास ज्युँदै छ।

अरुको कारण भन्दापनी व्यक्तिगत लुछाचुँडि र हानथापको शिकार बनेकाछन् कामरेडहरु। ती घटनाहरुले राष्ट्रलाई धेरै पछाडी धकेल्न मद्दत पुर्‍याएको छ। जस्तैः एक युगमा एकपटक हुने संविधान सभा समेत नेपालमा दुईपल्ट भएको छ। र शक्ति उन्मादले सुन्निएकाहरुलाई रछ्यानमा मिल्क्याइएको ताज इतिहास हामीसँगै छ।

हिजो दुवै ठाउँमा निर्वाचन हारेका माधवकुमार नेपाललाई सांसद बनाउँदा माओवादी आन्दोलन र स्वयं प्रचण्डलाई भारी परेको थियो। आज फेरिपनी आफ्नै जिल्लाका जनताले नपत्त्याएका वामदेव गौतमलाई सांसद बनाउने खेलखण्ड सुरुभएको छ। त्यैपनी उसै क्षेत्रका निर्वाचित प्रतिनिधिलाई लोप्पा खुवाएर।

यता सरकारको खैंजडु समाएका युवा भन्नेहरु ‘जसोजसो पण्डित उसैउसै स्वाहा’ को अक्कल देखाउँछन्। टाएर सल्काउन बाहेकको भुमिका नदिने चौरासी नेताले काँधमा धाप मारेर तपाइँ त हाम्रो पार्टिको युवानेता, हाम्रो शेषपछि तपाइँकै चल्नेहो भनेपछी हाम्रा युवानेताहरु जिन्दगीभर त्यही सम्झिएर गर्व गर्छन् ।

पुरातनका पर्दा हटाएर नुतनता बिछ्याउन गएकाहरु उतै लम्पसार परेपछि हाम्रा सपनाहरु पुनः ओरालो लागे। नयाँ होउन् या पुराना शासकहरु शोषकमा परिणत भए। अनि कुल्चिरहे निर्धाहरुलाई। खानीबाट खनिज र हावा, पानीबाट बिजुली निकाल्नु भन्दा, जनतालाई पेलेर कर निकाल्न धेरै सस्तो पर्नेरहेछ शासकहरुलाई। त्यसैले दोहोर्‍याई-दोहोर्‍याई पेलिरहन्छन हामी निर्धाहरुलाई।

नेपालका युवाहरु सनातनी कर्मकाण्डिय राजनितीमा बिश्वास गर्छन्। सपना, जुनको गाला मुसार्ने देख्छन्। काम, उहीँ भ्रस्ट बुढा नेताको खुट्टा मुसार्ने। गलत र सहि के हो रु छुट्याउन एक मिनेट सोंच्दैनन्। मेरो त रगतमै यो पार्टी उ नेता भन्दै गलल्ल हाँस्छन्। अनि बन्छ देश रु पाईन्छ योग्य नेता ? कर बढायो खत्तम बनायो। संघीयता काम छैन। सबै तिर भ्रस्टाचारनै भ्रष्टाचार ! ईमरान जस्तो नेता खोइ रु ईमरानले त यस्तो घोषणा गर्यो। उस्तो गर्यो। हाम्रो नेताले कहिले गर्नेरुू भनेर बाहिर उडाउँछन्। इतिहासभरि उनै पश्चागामी नेताहरुको पैताला मुसारेर यसो भन्न त हामिलाई लाज लाग्नु पर्ने हो।

सम्भवत हामिले आजसम्म नेता भन्नेहरुबाट पाएको उपलब्धि पश्चाताप भन्दा अर्को छैन। पुरातन शासनका नंग्राहरुले लुछ्नु लुछेर थलिएका हामी, अबत केही नयाँ पक्कैहुन्छ भन्नेमा थियौं। यद्यपि त्यहाँपनि पानी फेरिने निश्चित जस्तै भयो। पुरातनका पर्दा हटाएर नुतनता बिछ्याउन गएकाहरु उतै लम्पसार परेपछि हाम्रा सपनाहरु पुनः ओरालो लागे। नयाँ होउन् या पुराना शासकहरु शोषकमा परिणत भए। अनि कुल्चिरहे निर्धाहरुलाई। खानीबाट खनिज र हावा, पानीबाट बिजुली निकाल्नु भन्दा, जनतालाई पेलेर कर निकाल्न धेरै सस्तो पर्नेरहेछ शासकहरुलाई। त्यसैले दोहोर्‍याई-दोहोर्‍याई पेलिरहन्छन हामी निर्धाहरुलाई।

सत्ता पाउँदा बेसुरमा मत्ताउने र नपाँउदा मरिन्जेल छटपटाउने घिनलाग्दो युग नेपालमा कहिले अन्त्यहोला खै रु भनिन्छ नि जुन देशमा भ्रष्टाचारी, बलात्कारी र हत्याराहरू बलिया हुन्छन् त्यो देशका न्यायालय र निर्दोष जनता सधैं कमजोर बन्छन्, त्यही भएको त होईन शक्तिशाली सरकार ?

उसैको परिणामस्वरूप आफै बेचिएर मुग्लानको भोको बजारमा छोराछोरीको लागि रोटि किन्नेहरुको संख्या बढिरहेको छ। राज्यव्यवस्थाले जति जनउत्तरदायी भएको जिकिर गरेको छ उतिनै बढ्दो छ यो विदेशिनुपर्ने बाध्यता । यो त बिस्तारै समाधान हुँदैजाला र हामी आशा गरौंला । तर देश भित्र बस्नै नसकिने अवस्थाको सिर्जना गराएर कुन समाजवादमा पुग्न आँटेको हो यो सरकार बुझ्न सकिएको छैन।

कम्युनिष्टको मसिहा ठान्नेहरुले भोकाहरुको मुखमा तल्चा झुन्ड्याएर कुनखाले समृद्धि ल्याउन खोजेकाहुन त्यो बुझिएन। सत्ता पाउँदा बेसुरमा मत्ताउने र नपाँउदा मरिन्जेल छटपटाउने घिनलाग्दो युग नेपालमा कहिले अन्त्यहोला खै रु भनिन्छ नि जुन देशमा भ्रष्टाचारी, बलात्कारी र हत्याराहरू बलिया हुन्छन् त्यो देशका न्यायालय र निर्दोष जनता सधैं कमजोर बन्छन्, त्यही भएको त होईन शक्तिशाली सरकार ?

लमही दाङ, हाल- क्वालालम्पुर मलेसिया

कमेन्ट गर्नुहोस्

%d bloggers like this: