Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सलमान बलिउडमा डेब्यू गरेको ३० वर्ष पूरा !

एजेन्सी । भारतीय स्टार अभिनेता सलमान खानले बलिउड उद्योगमा छिरेको ३० वर्ष पूरा गरेका छन् । तीन दशकमा उनले सुपरस्टार मात्रै होइन बलिउडमा गड फादरको पहिचानसमेत बनाइसकेका छन् ।

सलमान खानले सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट बलिउड डेब्यू गरेका थिए । यस फिल्ममा अभिनेत्री रेखा र अभिनेता फारुख शेख मुख्य भूमिकामा थिए भने सलमान खानले सहायक भूमिका निर्वाह गरेका थिए । सलमानले फरुख सेखको भाइको भूमिका निर्वाह गरेका थिए । यो फिल्म निकै सुपरहिट भएको थियो र सलमानको भूमिका पनि दर्शले निकै मन पराएका थिए ।

त्यसको एक वर्षमै सलमानले फिल्म ‘मैने प्यार किया’ मा अभिनयको मौका पाए । यस फिल्ममा सलमान मुख्य भूमिकामा थिए । सुरज बड्जात्याको निर्देशनमा बनेको यो फिल्म पनि ब्लकबस्टर साबित भयो । यही फिल्मले सलमान खानलाई बलिउडको सुपरस्टार बनाइदियो ।

सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘दबंग’ सलमान खानको कयिरको टर्निङ पोइन्ट बन्यो । फिल्म ‘दबंग’ ले सलमानलाई बलिउड फिल्म उद्योगमा निकै उचाइमा पुर्यायो । आठ वर्ष यता देखि सलमान खानको फ्लप फिल्मले पनि बक्स अफिसमा एक सय करोडको आम्दानी सजिलै पूरा गर्दै आइरहेको छ । सलमान खानले बलिउड फिल्म उद्योगमा सुल्तानको उपाधि हासिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: