उपत्यकामा विभिन्न कार्यक्रम गरी गाईजात्रा मनाइँदै

काठमाडौं, भदौ ११ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना टोलमा परिक्रमा गराउनाका साथै उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने प्रचलन छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

गार्इजात्राका अवसरमा हास्यकलाकारहरुले विभिन्न प्रकारका हास्य प्रस्तुतमार्फत समसामयिक  विषयमा चाेटीले प्रहार गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: