Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कञ्चनपुरमा कर्फ्यु हटाइयो

कञ्चनपुर, भदौ ११ । भीमदत्त नगरपालिकाकी २ कि १३ वर्षीया किशोरी बलात्कार र हत्यापछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन भन्दै स्थानीय प्रशासनले शुक्रबार साँझदेखि लगाएको कफ्र्यू साँझ बजेसम्मका लागि हटाएको छ ।

सोमबार दिउँसो १२ बजेपछि लाग्ने भनिएको कफ्र्यु साँझ ६ बजेसम्मका लागि हटाइएको कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सुरक्षा समितिको बैठकले स्थिति समान्य हुन थालेपछि सोमबार साँझ ६ बजेसम्मका लागि हटाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुचना अधिकारी उदयराज जोशीले अर्को आदेश नहुन्जेल साँझ ६ बजेसम्मका लागि कफ्र्यू हटाईएको बताए ।

आन्दोलनसँगै उत्पन्न परिस्थितिका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । तर आइतबारदेखि स्थिति सामान्य हुँदै गएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: