Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चाेरी भएकी ९ महिने शिशुको शव फेला

महोत्तरी, भदौ ११ । महोत्तरीको औरही नगरपालिका १ का सन्तोष चौधरीकी आइतबार चोरी भएकी ९ महिने शिशु सोनाली कुमारीको शव सोमबार घरदेखि केही पर बगैंचामा फेला परेको छ ।

शिशुको शवको विभिन्न भागमा निलडाम देखिएको प्रहरीले बताएको छ । शिशुलाई आइतबार अज्ञात व्यक्तिले पसल नजिकैबाट चोरीको बताइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान शुरु भइसकेको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले जानकारी दिए ।

घटनाको विरोध र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ । शिशूका बुवा ओरहीमा खुद्रा पसल गर्छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: