यस वर्षको मदन पुरस्कार नीलम कार्कीको ‘योगमाया’लाई

काठमाडौं, भदौ ११ । नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’लाई २०७४ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीले योगमाया कृतिका लागि निहारिकालाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यसैगरी गुठी प्रदान गर्ने जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई दिइने भएको छ । बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित रहेकोले मानन्धरलाई जगदम्बाश्री पुरस्कार दिइने निर्णय गरिएको गुठीले बताएको छ । दुबै पुरस्कारको राशी दुई दुई लाख रुपैयाँको रहेको छ ।

मदन पुरस्कारका लागि यो वर्ष योगमायासहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला र राज माङ्लाकको लिम्बुनी गाउँ अन्तिम ८ को सूचीमा थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: