Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्मला, सन्नी र मायाका परिवारलाई ५/५ लाख राहत दिने प्रदेश सरकारको निर्णय

कैलाली, भदौ ११। कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका र शहीद सन्नी खुनाका परिवारलाई ७ नं प्रदेशले ५/५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेशिक सरकारको मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई राहत रुवरुप पाँच/पाँच लाख रुपैया दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रस्तावमा बैठकले २०७५ श्रावण १० गते बलात्कार पछि हत्या गरिएकी पन्तको परिवारलाई ५ लाख र पन्त हत्या प्रकरणमा भएको आन्दोलनमा शहीद भएका भीमदत्त नगरपालिका वडा नं १८ वस्ने १४ वर्षीय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले रु ५ लाख दिने निर्णय गरेको छ।

यस्तै २०७५ असाढ १२ गते गैरीगंगा नगरपालिका वडा नं ११ कि २१ वर्षीया माया विकको परिवारलाई पनि ५ लाख रुपयाँ दिने निर्णय गरेको छ।

हत्यामा संगलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनको परिवारलाई क्षतिपूर्ती नदिएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो । उनको पनि वलात्कार पछि हत्या गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: