Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रहरीको कोतबाट ठूलाे मात्रामा शक्तिशाली राइफल चोरी

काठमाडौं, भदौ ११ । चोरहरूले पाराग्वेमा प्रहरीको कोतबाट ४२ वटा शक्तिशाली बन्दुकहरू चोरेको पत्ता लागेको छ। निरीक्षणका क्रममा अधिकारीहरूले ती एफएन एफएएल ब्याटल राइफलहरूको ठाउँमा काठ र प्लास्टिकका नक्कली बन्दुक राखिएको भेटे।

गत वर्ष प्रत्येकको मूल्य १० हजार डलरसम्म राखिएका ती राइफलहरू कालोबजारमा देखा पर्न थालेपछि अनुसन्धान थालिएको थियो। कोतमा भण्डार गरेर राखिएका भए पनि ती हतियारहरू प्रयोगयोग्य थिए।

चोरिएका केही राइफलहरू तस्करी गरेर छिमेकी देश अर्जेन्टिना र ब्राजिल लगिएको हुनसक्ने बताइन्छ। लामो समयदेखि ब्राजिलले आफ्नो देशमा बरामद गरिएका धेरै अवैध हतियारहरू पाराग्वेबाट तस्करी गरी ल्याइएको बताउने गरेको थियो।

पाराग्वेका सञ्चारमाध्यमले नक्कली बन्दुकको तस्बिर प्रकाशित गर्दै सो देशको प्रहरीको इतिहासमा ‘अति लाजमर्दो काण्ड’ भएको जनाएको छ। नयाँ ढाँचाका हतियार ल्याउने भएपछि पुराना राइफललाई राजधानी क्यापिटाटास्थित कोतमा थन्क्याइएको थियो।

कालोबजारमा ती हतियार देखिन थालेपछि सेनाले अनुसन्धान गर्न आदेश दिएको थियो। अनुसन्धान प्रहरीको अस्त्रभण्डारमा केन्द्रित भयो र निरीक्षणका क्रममा नक्कली बन्दुकहरू भेटिए। प्रहरीको कोतको प्रमुख फेरिएका छन्। तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्। बीबीसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: