Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिमस्टेक सुरक्षाको फ्रन्टलाईनमा सेना, कति सुरक्षाकर्मी खटिदैं ?

काठमाडौँ, भदौ १२ । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन गर्दैछ । सम्मेलनस्थल होटल सोल्टीमा अहिले सेनाको कमान्डमा सुरक्षाकर्मी परिचालन भइसकेका छन भने राजधानी उपत्यकाको सुरक्षा ब्यवस्था सोमबार बिहानबाट कडा बनाइएको छ ।

नेपाल-भारत खुल्ला सिमानाका कारण सुरक्षामा असहजता नआओस भन्ने हेतुले नेपाल भित्रिने मुख्य नाकामा समेत सुरक्षा निगरानी बढाइएको छ । सम्मेलन सुरक्षाको ‘फ्रन्ट लाइन’मा सेना खटिदैछ भने सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सुरक्षा जिम्मेवारी समेत सम्हाल्दैछ । सुरक्षाको दोस्रो र तेस्रो घेरामा क्रमशः नेपाल प्रहरी, सशस्त्र र अनुसन्धानको टोली परिचालन हुँदैछ । नेपाल समाचारपत्रमा खबर छ ।

आवश्यकता अनुसार सेना सम्मेलन सुरक्षार्थ खटिएको बताउँदै सैनिक प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भन्नुभयो-‘यस अघिका अन्तर्राष्ट्रिय सभा सम्मेलनको प्रमुख सुरक्षा नेपाली सेनाले गरेको थियो, यसपटक पनि विशिष्ट पाहुनाको मुख्य सुरक्षा सेनाले गर्दैछ ।’ विमस्टेकका लागि सेना कति खट्दैछ भन्ने संख्या यकिन नभएपनि करिव ५ हजारका हाराहारीमा सैनिक परिचालन हुने सैनिक मुख्यालयले जनाएको छ ।

विमस्टककै लागि नेपाल प्रहरीबाट करिव ९ हजार, सशस्त्र बलका ३ हजार ५ सय र राष्ट्रिय अनुसन्धान बिभागका ५ सय भन्दा बढी सुरक्षा अधिकारी खटिने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: