Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पानीजहाजको लोभमा भारतले फकाउन सक्छः वुद्धिजीवी

काठमाडौं, भदौ १२ । कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेका छन् ।विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुद्धिजीवीहरुले सुझाव दिएका हुन् ।

भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव विजय केशव गोख्ले सहितका उच्च अधिकारी काठमाडौं आउँदैछन् । कारोबार दैनिकमा खबर छ ।

‘नेपालको हितमा नरहेको कोशी उच्च बाँध बनाउन भारतले पहिलेदेखि नै दवाब दिँदै आएको हो ।’ अख्तियार पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले भने, अझ पछिल्लो समय त यसलाई पानीजहाजसँग पनि जोडिएको छ, यसप्रति हामी सचेत र सावधान हुनुपर्छ ।’

सरकारले ल्याउने भनेको पानी जहाज र कोशी उच्च बाँध निर्माणलाई एकै ठाउँमा जोडेर नहेर्न पनि उपाध्यायले सुझाव दिए । भारतीय स्वार्थमा आएको उच्च बाँध निर्माणको खाका नै खारेज गर्नुपर्ने उनको तर्क छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: