Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रदेश र जिल्लाको एकता विवादरहित ढंगले टुंग्याइन्छः प्रचण्ड

काठमाडौं, भदौ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीका जिल्ला र प्रदेश तहको एकतालाई अब तीव्रता दिइने बताएका छन् । सोमबार नेकपा सर्लाही–काठमाडौं उपत्यका सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले विवादरहित ढंगले जिल्ला र प्रदेश तहको एकता टुंग्याइने दाबी गरे ।

‘हामीले ऐतिहासिक रूपमा केन्द्रमा पार्टी एकता सम्पन्न गरेका छौँ । त्यही ढंगले अब प्रदेश र जिल्ला तहमा पनि एकता प्रक्रिया पूरा हुनेछ,’ उनले भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा निरन्तर छलफल भइरहेको छ ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: