करबारे प्रमुख दल गम्भीर बने, जथाभावी कर रोक्न नेकपाको निर्देशन

काठमाडौं, भदौ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनतालाई भार पर्ने गरी जथाभावी लिइएको कर रोक्न आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिइसकेको छ । ‘स्थानीय तहले जथाभावी लिएको कर रोक्न निर्देशन दिइसकेका छौँ, आवश्यक परे आगामी दिनमा थप निर्देशन दिन सकिन्छ,’ महासचिव विष्णु पौडेलले भने ।

करको विषयमा चाहिएभन्दा धेरै प्रचारबाजी भएको नेकपाको बुझाइ छ । ‘स्थानीय तह आफैँमा सरकार भएकाले आ-आफ्नै तरिकाले कर लिइरहेका छन्,’ पौडेलले भने, ‘यसरी सरकार चलाउँदा जनतालाई अनावश्यक रूपमा लिने करको विषयमा पार्टी र सरकार दुवैको ध्यानाकर्षण भएको छ । जनतालाई अनावश्यक बोझ हुने गरी कर लगाइँदैन, लगाउन पनि दिइनेछैन ।’ नयाँ पत्रिकामा खबर छ ।

जनतालाई मार पर्ने गरी बढाएको कर घटाउन राजपाको निर्देशन
राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ मा निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई जनतालाई मार पर्ने गरी कर नलागउन निर्देशन दिएको छ । पार्टीका तर्फबाट निर्वाचित ५५ प्रमुख र उपप्रमुखलाई सोमबार काठमाडौं बोलाएर राजपाको अध्यक्ष मण्डल तथा केन्द्रीय सचिवालयले अवैज्ञानिक र अव्यावहारिक करबाट मुक्त गराउन निर्देशन दिएको हो ।

कमेन्ट गर्नुहोस्