Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अजय–काजोल विवाहको २० वर्ष पुग्दै, हनीमून बारे काजाेलले गरिन ठूलो खुलासा

अजय देवगन र काजोलको जोडी रिल लाइफमा मात्रै होइन रियल लाइफमा इष्र्या लाग्दो छ र निकै सफल पनि । उनीहरुको विवाह भएको २० वर्ष पुग्दै छ । भर्खरैको एक अन्तर्वार्तामा काजोलले अजयसँगको सम्बन्धका बारेमा बताएकी छन् । उनले आफ्नो हनीमूनका बारेमा ठूलो खुलासा गरेकी छिन्।

सन १९९४ मा काजोल र अजयबीच अफेयर शुरु भयो । उनीहरुले १९९९ मा विवाह गरे । त्यसपछि उनीहरु हनीमूनका लागि वर्ल्ड टूरमा गए । यसै टूरसँग जोडिएको एक रोचक किस्सा काजोलले अन्तर्वार्ताका क्रममा बातएकी छिन् ।

काजोलले भनिन्, ‘हामी दुई जना दुई महिना लामो हनीमून टूरका लागि निस्कियौं । विवाहभन्दा पहिला नै मैल एउटा शर्त राखेको थिए । म हनीमूनमा विश्व सयर गर्न चाहान्छु । हामीले टिकट बुक गरियौं । हामी अस्ट्रेलियादेखि लसएन्जेलससम्म गयौं ।
तर दुई महिना पूरानहुँदै हामी फिर्ता भयौं ।’

टूरको ४० दिन वितिसकेको थियो । हामी त्यति बेला ग्रीसमा थियौं । अजय विहाने उठे र मलाई भने मलाई सन्चो छैन । मैले उनलाई औषधि सेवन गर्न भने । तर उनले मलाई आफूलाई असहज भएको लगातार भनिरहे । जब मैले उनीसँग सोधें त्यसो भए अब के गरौं ? त्यसपछि उनले भने म घर जान चाहान्छु । उनले आफू थाकेको मलाई बताए ।

उनीहरुको विवाह नितान्त प्राइइवेट थियो । विवाह समारोहमा केबल आफ्ना नजिकका खास र विशेष व्यक्तिहरुालई मात्रै विवाहमा बोलाइको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: