Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१५ लाखको लागतमा सडक कालोपत्रे

पोखरा । पोखरा महानगरपालिका–३३ बागमारास्थित पानीट्याङ्की–लुतेको चौतारा सडक रु १५ लाख ८८ हजार २६७ लागतमा कालोपत्रे गरिएको छ ।

कूल ३५० मिटर लम्बाइ र पाँच मिटर चौडाइको सडक महानगरपालिका र जनसहभागिताबाट ५०-५० प्रतिशत लागतमा सम्पन्न भएको हो ।

योजना सम्बन्धमा जानकारी दिन म‌ंगलबार यहाँ आयोजित कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले सबैको सहयोगमा योजना सफल भएको बताए ।

वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले वडामा सडक पूर्वाधारका साथै अन्य विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: