भोलिदेखि ३ तीनसम्म उपत्यकामा जोरविजोर प्रणाली लागू हुने, कसले कहिले चलाउन पाइने ?

काठमाडौं, भदौ १२ । नेपाल प्रहरीले भदौ १४ र १५ गते राजधानीमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सहज बनाउन भन्दै भोलिदेखि तीन दिनसम्म काठमाडौं उपत्यकामा जारविजोर प्रणाली लागू गर्ने भएको छ ।

विमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भाद्र १३, १४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पुर्ण निजी र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली अनुसार संचालन गरिने छ ।

याे पनि पढ्नुस  अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’ निर्माण

प्रहरीका अनुसार सवारी साधनको नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुने । भदौ १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन हुने । भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन हुने छन् ।

याे पनि पढ्नुस  राजधानीका एकतर्फी सडक अब दुईतर्फी बनाइँदै

कमेन्ट गर्नुहोस्