Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

म्यानमारका राष्ट्रपति वीन मिन्त काठमाडौंमा

काठमाडौं, भदौ १२ । म्यानमारका राष्ट्रपति वीन मिन्त काठमाडौं आइपुगेका छन्। दिउँसो ३ बजे मिन्त त्रिभुवन विमानस्थलमा आइपुगेका हुन्।

राष्ट्रपति मिन्त बहुपक्षीय प्राविधक तथा आर्थिक सहायताका लागि बंगलाको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौंथौ सम्‍मेलनमा भाग लिन काठमाडौं आएका हुन् ।

त्रिभुवन विमानस्थलमा आइपुगेका राष्ट्रपति वीनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालस्थित म्यानमारकी राजदुतले स्वागत गरेका छन्। लगत्तै उनलाई गार्ड ‘अफ अनर’ पनि दिइएको छ।

सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ । सम्मेलनका लागि नेपाल आउने उनी पहिलो राष्ट्रप्रमुख हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: