Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भदौ १४ र १५ गते उपत्यकाका विद्यालय बन्द हुने

काठमाडौं, भदौ १२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शिक्षण संस्था बन्दमा विदा गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले भदौ १४ र १५ गते काठमाडौंमा हुने विमस्टेक सम्मेलनमा सहभागि हुन नेपाल आउने विदेशी पाहुना तथा प्रतिनिधिहरुको आगमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन दुई दिन विद्यालयमा विदा गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बिदा दिने निर्णय गरिएको जानकारी दिए । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सो बिदा लागू हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: