घेराबन्दीमा गृहमन्त्री, छलाङ मार्नैपर्ने परिस्थिति सिर्जना

एभरेष्ट टिप्पणी 
रामबहादुर थापा, केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री ।

मानिसहरु भने उनलाई बादल भनेरै बढी चिन्छन् । त्यसो त सम्बोधनमा भने पूर्व माओवादीहरु अहिले पनि बादल नै भन्छन् उनलाई ।

बादल, माओवादी जनयुद्दमा एउटा बिम्ब थियो, क्रान्तिकारिताको, सैन्य कमाण्डको, जनसेना परिचालनको । बादल भन्ने बित्तिकै एउटा फरक तस्वीर आँखा अगाडि नाच्थ्यो ऊ बेला ।

लाग्थ्यो, बादल चलचित्र या कथाबस्तुमा पढिने जस्तो कठोर फौजी कमाण्डर हो ।

तर, यथार्थमा चिन्नेहरुले बादल जस्तो सरल र सहज कसैलाई पाउँदैनथे ।

हो पनि, बादल, दृढ निश्चय भएका, सत्यनिष्ठ तर सरल, सोझो । अझै बोलीको भाषामा भन्दा ‘लप्पन छप्पन’ नजान्ने । जे हो, स्पष्ट, सोझो गरिहाल्ने, भनिहाल्ने ।

र, यिनै बादल अहिले भने गृहमन्त्री छन् ।

सरकार गठन भएको ६ महिना बितिसकेको छ । सरकारले लिन खोजेका ‘जस’हरुमा यी बादलको योगदानको तराजू झन भारी छ । गृहमन्त्रीको रुपमा केही नयाँपन उनले दिन खोजे पनि ।

तर, अहिले भने यी बादल घेराबन्दीमा छन् । चौतर्फी घेराबन्दीमा । आफ्नैबाट, आफ्नो सरकारबाट, आफ्ना कर्मचारीबाट र आफ्नै स्वभावबाट ।

माथि नै भनियो, बादलको स्वभाव, सौम्य र सरल, दृढ र स्पष्ट ।

तर दलाल नौकरशाही तन्त्र र विकृत छाडा नव पूँजीवादी उदारवादको अभ्यास भइरहेको नेपालमा उनको यो सौम्यता र दृढता भन्दा चार्तुयता र छलछामको बढी मोल छ ।

उनलाई अरुले पनि आफूजस्तै गरिदेओस्, सोचिदेओस् भन्ने लाग्छ । तर उनलाई लागेर के गर्नु रु उनले सोचेजस्तो कसले गर्छ रु

नेपाल प्रहरीले रु

प्रशासनले रु

यो नै बादलको सबैभन्दा ठूलो कमजोरी भएको छ ।

जतिसुकै परिवर्तनको कुरा गरेपनि नेपाल प्रहरी अहिले पनि किलो शेरा टु अप्रेशनकै मानसिकतामा छ । निर्देशन आएपछि त्यसको पालना गरेपनि संगठनभित्र जनपक्षीय संस्कृतिको विकास भएको छैन ।

राजनीतिकरणको चरमता छ र यसले प्रभावित भएका छन् हरेक काम कारवाहीहरु ।

यो स्थितिमा बादलको चित्तले सोचेजस्तो प्रहरीले किन गथ्र्यो र रु यथास्थितिमा बस्नु उसलाई बढी फाइदाजनक छ ।

र, यो पहिलो घेराबन्दी हो बादलका लागि ।

उनको सोँच एकातिर छ, नेपाल प्रहरी र यसका काम कारबाही अर्कोतिर ।

उदाहरणका लागि, राजधानी काठमाडौंमा नै ‘म बलात्कृत भए डिएसपी साब, फलानो मानिसले मेरो यौन शोषण गरेको हो, पक्रेर कारबाही गरिदिनु प¥यो’ भनेर एकजना युवतीले हारगुहार गर्दा समेत कुनै अमूक बृत्तको डिएसपीले युवतीलाई भन्छ, ‘बहिनी, उसले बलात्कार गरेको प्रमाण लिएर आऊ, अनि कारबाही गरम्ला ।ु

कञ्चनपुर घटनाका बारेमा त कुरै नगरौं । त्यहाँ प्रहरीले गृहमन्त्री बादल छन् भन्ने कुरा बिर्सेको स्पष्ट उदाहरण हो त्यो ।

त्यसबाहेक पनि देशैभरी हिजो जे जसरी चलेको थियो, त्यसमा केही परिवर्तन गर्न खोजिएको छैन ।

मसाज पार्लरदेखि डान्स र क्याबिनसम्म महिलाहरु लुटिएकै छन् । नजिकैका प्रहरी बृत्तले तिनका सञ्चालकलाई संरक्षण गरेकै छन् । तस्करी मौलाएकै छ । पहुँचवालाहरु अपराध गरेपनि छुटेकै छन् ।

बादल गृहमन्त्री भएपछि देशैभरिका जिल्ला प्रशासन प्रमुखहरु परिवर्तन भए । यी सिडिओ साबहरु स्थानान्तरण गर्दा बादलका अगाडि पूर्वमाओवादी केन्द्रका नेताहरुकै सिफारिस बढी थिए ।

बादल र उनको टीमले पार्टीको च्यानल र सुझाव लत्याउने संस्कार सिकेका छैनन् । त्यसैले त्यही अनुरुप सबै ठाउँमा प्रशासन नेतृत्व परिवर्तन भयो । तर त्यो अनुरुपको परिणाम रु

अहँ, देखिएन । बाजुरादेखि कन्चनपुर, भोजपुरदेखि धादिङसम्म यसरी सिफारिस भएका प्रशासनका नेतृत्वले शान्ति सुरक्षा र आम जनतामा नयाँ वामपन्थीको सरकारमा न्याय र जनसेवाको भावना पक्रिन सकेनन् । जे यथास्थिति थियो, त्यहीले निरन्तरता पायो । कञ्चनपुरको घटना यसको अर्को उदाहरण हो ।

यो बादलको दोश्रो घेराबन्दी हो । मन्त्रालयभित्र, मन्त्रालय मातहतका निकायबाट, उनले खोजे अनुरुपको न्याय प्रशासन चल्न सकेको छैन । दलित, निमुखा, गरिब, महिला, उपेक्षित उत्पीडित जनताका लागि अहिले पनि उही मुखिया हाकिम छन । तिनै हुने खानेहरुले पुलिस प्रशासनलाई प्रभावित पारेका छन् । यो स्थिति परिवर्तन गर्न बादलले सकेका छैनन् ।

बादल केही गर्न खोज्ने मानिस हुन । किनकि व्यक्तिगतरुपमा उनले महल जोडनु पर्ने छैन । जनयुद्दकालमा दुश्मनका अघि समर्पण गरेको भए उनी सम्भवतः नेपालको सबैभन्दा धनी बन्न सक्थे होलान् ।

तर उनले क्रान्तिकारितामा कहिल्यै पनि दाग लाग्न दिएनन् । मोहन वैद्यसँगै हिँडे उनी प्रचण्डलाई छोडेर । व्यक्तिगत लाभ हेरेको भए त यता बसेको भए बढी फाइदा हुँदो होला नि रु

र, अहिले पनि यही सत्य हो, गृहमन्त्रीको रुपमा उनलाई कमाउनु पर्ने देखिँदैन । त्यो हुँदा उनको स्वभावले अरुलाई विश्वास गर्छ । तर अरु त्यो अनुरुप भने हिँडिदिएनन् । र, बादल आलोचनामा परे ।
हुँदाहुँदा प्रधानमन्त्रीले मिडिया बोलाएर बादललाई २४ घण्टे स्पष्टीकरण सोधिएको समेत भन्न भए ।

प्रधानमन्त्रीले बादलको प्रशासन प्रमुखमा आफैले सिफारिस गरेका सचिवलाई नियुक्त गरेको भने बिर्से । किनभने एकजना मन्त्री सफल हुन प्रशासन या ब्यूरोक्रेसी नेतृत्वको मुख्य हात हुन्छ ।

बादलका अगाडि आफ्नो स्वभाव परिवर्तन गर्नैपर्ने बाध्यता देखिएको छ । उनले देखेको सबै सत्य हुन नसक्ला, उनले चाहेको सबै पुरा हुन नसक्ला । यसका लागि उनले पनि बुर्जवा संसदीय व्यवस्थाभित्रका कयौं पक्षहरुसँग खेल्नै पर्ने हुन्छ ।

अब बादलका अगाडि आफ्नो स्वभाव परिवर्तन गर्नैपर्ने बाध्यता देखिएको छ । उनले देखेको सबै सत्य हुन नसक्ला, उनले चाहेको सबै पुरा हुन नसक्ला । यसका लागि उनले पनि बुर्जवा संसदीय व्यवस्थाभित्रका कयौं पक्षहरुसँग खेल्नै पर्ने हुन्छ । यो नयाँ युद्ध हो । यो युद्ध त्यति सहज छैन ।

किनभने यहाँ हिजोको जस्तो आक्रमणको रणनीतिले काम गर्दैन । उनले गृहमन्त्रालयको कार्यक्षेत्रको सूक्ष्म विश्लेषण गरी बिल्कुलै फरक ढंगले अघि बढ्नु जरुरी छ । केही नयाँपन, आम जनतालाई न्याय र सुरक्षाको अनुभूति हुने काम, हुनेखानेहरुलाई हम्मेहम्मे पर्ने काम, प्रहरी संगठनभित्र संस्कार र संस्कृतिमा परिवर्तन हुने काम, महिला, दलित, उपेक्षित वर्गले निर्धक्कसँग न्याय माग्न सक्ने काम उनले थालनी गर्नु जरुरी छ ।

अर्को शब्दमा, बादल आफैले आफूभित्र र आफू बाहिर अनि आफ्नो कमाण्डमा एउटा छलाङ मार्नु आवश्यक छ ।

बादलले यो गर्न सक्छन् । उनका लागि केही असम्भव छैन । तर उनलाई सबैको साथ र सहयोग आवश्यक छ । साथै उनको टीम हो, उनको टीमले अलि बढी, अलि सतर्कताका साथ, अलि रणनीतिका साथ, नयाँ परिस्थिति बुझेर सो अनुरुप कार्यक्षेत्रका सबै पक्षको गहन विश्लेषण गरि कार्ययोजना बनाउनु जरुरी छ ।

कमेन्ट गर्नुहोस्