Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तस्करीमा संग्लन डिएसपी बर्खास्त

काठमाडौं, भदौ १३ । काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी बर्खास्त भएका छन् । पदीय जिम्मेवारीका दुरुपयोग गरी प्रहरी संगठनको छविमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

भण्डारी गत २१ जेठमा १८४ थान सालको काठ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित मुलघाटाबाट पक्राउ परेका थिए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: