Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल भर्सेस ओमान, नेपालको ५० रन पूरा, ज्ञानेन्द्र अर्धशतक नजिक! [LIVE]

काठमाडौं, भदौ १२ । एसिया कप छनोट प्रतियोगितामा अहिले नेपाल र ओमान भिडिरहेका छन् । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यसैबीच. नेपालको ५० रन पूरा भएको छ । उसले  १४ ओभरमा १ विकेटको क्षतीमा सो स्कोर बनाएको हो । आज पनि नेपालको सुरुवाती ब्याटिङ चम्किन सकेन ।

 

नेपालले आज पनि १० ओभरको खेल नसकिदै १ विकेट गमायो । पहिलो विकेटका रुपमा सुवास खकुरेल आउट भए । उनी १५ बल खेलर मात्र ४ रन बनाउँदै पवेलियन फर्किए ।

 

यसैबीच, ओपनर तथा टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक नजिक पुगेका छन् । यो समाचार तयार पार्दासम्म उनले पाँच चौका र एक छक्काको मद्दतमा ३९ रन बनाएका छन् । उनले यो रन बनाउन ५२ बलको सामना गर्नुपर्यो ।

लाइभ खेलको स्कोर हेर्न यहाँ क्लिक गर्नुस्-

नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

 

नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: