Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल भर्सेस ओमानः दिपेन्द्र पनि अाउट, क्रीजमा सोमपाल र आरिफ ! [LIVE]

काठमाडौं, भदौ १३ । मलेसियामा जारी एशिया कपका लागि छनोट प्रतियोगितामा अहिले नेपाल र ओमान भिडिरहेका छन् । आज नेपालको प्रदर्शन खराब रहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले महत्वपूर्ण ४ विकेट गुमाएको छ । २२ ओभरको खेल सकिदा नेपालले ८० रन बनाएको छ ।

 

कप्तान पारस खड्का, दिपेन्द्रसिंह ऐरी र सुवास खकुरेलको प्रदर्शन आज खराब रह्यो । सुवास ४ रनमा आउट हुँदा पारस ८ रन बनाएर पवेलियन फर्किए भने, दिपेन्द्र ९ रनमा अाउट भए । सुवास रन आउट भएका हुन्, भने पारस एल्बीडब्लूको सिकार । यस्तै दिपेन्द्र  क्याच अाउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ रनमा पवेलियन फर्किए । क्रीजमा सोमपाल र आरिफ छन् ।

 

लाइभ खेलको स्कोर हेर्न यहाँ क्लिक गर्नुस्-

नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

 

नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: